क्षणिक लाभको लोभमा हुण्डीबाट गैरकानुनी कारोबार नगरौँ: राष्ट्र बैंक 

क्षणिक लाभको लोभमा हुण्डीबाट गैरकानुनी कारोबार नगरौँ: राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले हुण्डी सम्बन्धी गैरकानुनी कारोबार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। बैंकले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै मुलुकको अर्थतन्त्र र व्यक्तिको सम्पत्ति दुवैका लागि हानिकारक हुने यस्तो कारोबारबाट टाढा रहन चेतावनी दिएको हो।

Sponsored Advertisement

प्रचलित कानुनबमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानीको उपकरण बाहेकका अन्य व्यक्ति, उपकरण वा कुनै माध्यम प्रयोग गरी नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा कुनै रकम वा मूल्य स्थानान्तरण वा हिसाबमिलान गर्ने÷गराउने कार्यलाई हुण्डीसम्बन्धी कारोबार भनिन्छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ क अनुसार कसैले पनि हुण्डीसम्बन्धी कारोबार गर्न वा गराउन हुँदैन। हुण्डीसम्बन्धी कसूर गरेमा बिगो र सोबाट बढे बढाएको सम्पत्तिसमेत जफत हुने र एक वर्षसम्मको कैद हुने कानुनी व्यवस्था छ।

राष्ट्र बैंकले वास्तविक हिसाबकिताब नदेखिने गरी रकम स्थानान्तरण सम्बन्धी कुनै पनि व्यावसायिक कारोबार नगर्न अनुरोध गरेको छ। वैध माध्यमको प्रयोग गर्न जोड दिँदै राष्ट्र बैंकले भनेको छ, ‘नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा रकम स्थानान्तरण गर्दा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीको मात्र प्रयोग गरौं।’ 

थप समाचार