तिहार बिदामा पनि भन्सार जाँचपासको बैंकिङ सेवा सुचारु हुने

तिहार बिदामा पनि भन्सार जाँचपासको बैंकिङ सेवा सुचारु हुने

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरूले आगामी तिहार बिदाको समयमा पनि भन्सार जाँचपाससम्बन्धी बैंकिङ सेवाहरू सुचारु गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभागको अनुरोधअनुसार उक्त व्यवस्था गरिएको जनाएको छ।

Sponsored Advertisement

भन्सार विभागले व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणालीलाई सुचारु राख्न तथा सेवा प्रवाहको निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैंकिङ सेवाहरू सुचारु गर्न आग्रह गरेको थियो।

राष्ट्र बैंकको सूचनाअनुसार, बैंक तथा वित्तीय संस्थाहरूले तिहारको भाइटीकाको दिन बाहेक तिहार बिदाको अरू सबै दिन भन्सार जाँचपास गर्न आवश्यक पर्ने बैंकिङ सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ।

यस निर्णयले चाडपर्वको समयमा पनि आयात–निर्यात तथा भन्सारसम्बन्धी कार्यहरू नरोकिने र आपूर्ति व्यवस्थामा सहजता आउने अपेक्षा गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरूलाई सोहीबमोजिम व्यवस्था गर्न÷गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

थप समाचार