Below Menu
Below Menu

नेपाल-चीन कूटनीतिक सम्बन्धका ७०

नेपाल-चीन कूटनीतिक सम्बन्धका ७०

काठमाडौँ :  नेपाल चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आजबाट ७० औँ वर्ष प्रवेश गरेको छ । यस अवसरमा नेपाल तथा चीनमा विविध कार्यक्रम आयोजना गरिदैैछ । 

अनौपचारिक रूपमा तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा विकसित हुँदै गएको छ । सन् १९४९ मा स्थापना भएको चीनसँग आज कै दिन अर्थात् १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध कायम भएको हो । 

दुई मुलुकबीच शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता, सम्प्रभूताको सम्मान र अहस्तक्षेपलगायत पञ्चशीलका सिद्धान्तमा आधारित सम्बन्धलाईअझ सुदृढ तुल्याउन दुवै देशका नेतृत्व क्रियाशील रहँदै आएका छन् । 

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली नेपालका लागि चीनका राजदूत छन सङले आज साँझ यहाँ आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Advertisment

थप समाचार