Below Menu
Below Menu

अमेरिकाद्वारा ब्राजिलियन आयातमा चर्को शुल्क लगाउने घोषणा, मह उद्योगहरु प्रभावित

अमेरिकाद्वारा ब्राजिलियन आयातमा चर्को शुल्क लगाउने घोषणा, मह उद्योगहरु प्रभावित

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलियन आयातमा चर्को शुल्क लगाउने धम्की दिएपछि त्यसको असर देखिन थालेको छ । जसका कारण आपूर्तिकर्ताहरूले ढुवानी रोक्न बाध्य भएका छन्। साथै ब्राजिलको मह उद्योग अनिश्चिततासँग जुधिरहेको छ ।

जुलाई ९ मा, ट्रम्पले अगस्ट १ देखि ब्राजिलबाट आयात हुने सबै सामानहरूमा ५० प्रतिशत भन्सार लगाउने योजनाको घोषणा गरेका थिए । जसले ब्राजिलियन मह उद्योगमाथि छायामा पारेको छ । ८० प्रतिशतभन्दा बढी जैविक मह अमेरिकामा निर्यात हुँदै आएको थियो । 

देशको उत्तरपूर्वी राज्य पिआउईमा रहेको पिकोस मह उत्पादनको केन्द्र हो। अमेरिकी नीतिले उक्त क्षेत्र बढी प्रभावित छ । यतिबेला पिकोसका गोदामहरू अमेरिकी बजारको लागि तयार गरिएका महका ब्यारेलहरूले भरिएका छन्। महले गुणस्तर नियन्त्रण परीक्षणहरू पास गरे पनि ढुवानीहरू रोकिएका छन् ।

पिकोसबाट महका ब्यारेलहरू अमेरिका पठाउनुअघि ५०० किलोमिटरभन्दा बढी बन्दरगाह शहर फोर्टालेजामा ढुवानी गर्नुपर्छ । जसका लागि १५ देखि २५ दिन यात्राको समय लाग्छ। शुल्क घोषणा हुनुभन्दा अघि बन्दरगाहमा पुगेका ब्यारेलहरू पनि अवरुद्ध भएका छन् । (सीसीटीभीप्लस)
 

Advertisment

थप समाचार