Below Menu
Below Menu

नर्वेले युएसएड कटौतिबाट प्रभावित संस्थालाई सहयोग उपलब्ध गराउने

नर्वेले युएसएड कटौतिबाट प्रभावित संस्थालाई सहयोग उपलब्ध गराउने

ओस्लो : नर्वेले अमेरिकी सहायता रोक्काबाट प्रभावित गैरसरकारी संस्थाहरूलाई सहयोग गर्न आपतकालीन कोषका रूपमा ३० करोड क्रोनर (करिब दुई करोड ८७ लाख अमेरिकी डलर) उपलब्ध गराउने भएको छ ।

“यो रकम अमेरिकी अनुदान गुमाएका नर्वेली संस्थाहरूलाई दिइनेछ र लैङ्गिक हिंसाविरुद्ध र प्रजनन स्वास्थ्यका लागि संयुक्त राष्ट्रसङ्घको प्रयासमा खर्च गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ। प्रजनन स्वास्थ्य सहायताले प्रजनन र यौनिकताका सबै पक्षहरू समावेश गर्दछ।

राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले फेब्रुअरीको अन्त्यमा विशेष गरी यूएसएडको विदेशी कार्यक्रमहरूको लागि ९२ प्रतिशत अनुदान कटौतीसहित अमेरिकी वैदेशिक सहायतामा ठूलो कटौतीको घोषणा गरेको थियो । 

“अन्तर्राष्ट्रिय मानवीय प्रणाली सफल भएको छ,” नर्वेका सहयोग तथा विकास मन्त्री असमुन्ड औक्रस्टले भन्नुभयो । 

उनले भने, “संयुक्त राज्य अमेरिकाको आर्थिक सहयोग र राजनीतिक नेतृत्वका कारण लाखौँ मानिसको ज्यान जोगिएको छ। यो पैसाको बर्बादी हो भन्ने विचारलाई हामी स्वीकार्न सक्दैनौँं ।”

“तर यो प्रणाली अहिलेको भन्दा धेरै प्रभावकारी हुन सक्छ। नर्वेले लामो समयदेखि सुधार र तर्कसङ्गतताको समर्थन गर्दै आएको छ।

आपतकालीन कोषमध्ये कम्तीमा २२ करोड क्रोनर नर्वेली गैरसरकारी संस्थालाई छुट्याइने छ र यसलाई विस्थापित व्यक्ति, बालबालिका र युवाका साथै बारूदी सुरङ र अन्य विष्फोटक पदार्थको सुरक्षाका लागि प्रयोग गरिनेछ ।

मानवीय सङ्कटको समयमा यौन तथा लैङ्गिक हिंसाको सामना गर्न र यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँचको लागि लगभग चार करोड क्रोनर छुट्याइएको छ।

“अन्य चार करोड क्रोनर मानवीय प्रणालीमा व्यवस्थापकीय र विश्लेषणजस्ता प्रमुख साझा सेवाहरूमा विनियोजन गरिनेछ,” नर्वेको सरकारले भनेको छ।

Advertisment

थप समाचार