Below Menu
Below Menu

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

सियोल : सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्षले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले निम्त्याएको चुनौतीको सामना गर्न ‘गर या मर’ को मानसिकता अपनाउनु पर्ने बताएका छन् । 

दक्षिण कोरियाली विशाल पूविधि कम्पनी सामसुङले अमेरिकी प्रबिधि कम्पनी एनभिडियाको आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेको छ किनकि प्रतिद्वन्द्वी एसके हाइनिक्स यसको ‘एआई ग्राफिक्स प्रोसेसिंग युनिट (जीपीयू)’ को लागि उच्च ‘ब्यान्डविथ मेमोरी (एचबीएम) चिप्स’को लागि अमेरिकी प्रविधि कम्पनी एनभिडियाको मुख्य आपूर्तिकर्ता बनेको छ।

विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता कम्पनी सामसुङले आफूले ‘सङ्कट’ को सामना गरिरहेको गत बर्षको अक्टोबरमा नै स्वीकार गरिसकेको थियो । यसको ‘मौलिक प्राविधिक प्रतिस्पर्धा र कम्पनीको भविष्य’ को बारेमा प्रश्नहरू उत्पन्न भएको स्वीकार गरेको छ।

‘सामसुङले ‘गर या मर’ को समस्याको सामना गरिरहेको छ । हामीले सतहबाट गहिराइमा सोच्न आवश्यक छ,” दक्षिण कोरियाली समाचार संस्था योनहापले शीर्ष अधिकारीहरूको प्रशिक्षणको क्रममा सामसुङ अध्यक्ष ली जे–योङले राखेको विचारलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरेको छ । 

योनहापले कम्पनी स्रोतलाई उद्धृत गर्दै भनेको छ, “लीको सन्देश भनेको सङ्कट होइन, तर यसको सामना गर्ने मनोभावना हो।” उनले भने, “अल्पकालीन नाफालाई त्याग्नु परे पनि हामीले भविष्यका लागि लगानी गर्नुपर्छ ।”

यसैबीच सामसुङका प्रवक्ताले सोमबार एएफपीसँगको कुराकानीमा थप विवरण नदिई ‘ली आफैले यो सन्देश भन्नुभएको थिएन’ भने । अनुसन्धानमा भएको खर्चका कारण सामसुङको सञ्चालन मुनाफा गत वर्षको चौथो त्रैमासिकमा झण्डै एक तिहाइले घटेको थियो ।

सन् २०१५ मा विवादास्पद मर्जरसँग सम्बन्धित आरोपबाट लीलाई गत महिना सफाइ दिइएको थियो । यद्यपि, अभियोजकहरूले दक्षिण कोरियाली प्रविधि कम्पनीमाथिको उहाँको नियन्त्रण बन्द गर्न बनाइएको दाबी गरेका थिए।

पछिल्लो सुनुवाइका क्रममा लीले सामसुङको भविष्यबारे बढ्दो चिन्ताबारे आफू जानकार रहेको बताएका छन् । उनले भने, “हामीले सामना गर्नुपरेको वास्तविकता पहिलेको भन्दा कठिन छ, तर हामी यी चुनौतीहरू पार गर्न र एक कदम अगाडि बढ्न कटिबद्ध छौँ।” 

Advertisment

थप समाचार