Below Menu
Below Menu

एनआरएनए महाधिवेशनका लागि निर्वाचन समिति गठन

एनआरएनए महाधिवेशनका लागि निर्वाचन समिति गठन

काठमाडौं : सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । 

वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे प्रमुख निर्वाचन आयुक्त रहेको समितिमा सेवा निवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त रहेका छन् । 

नेपालको कानुनी क्षेत्रमा लामो अनुभव हासिल गरेका वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे डेमोक्रयाटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष छन् भने ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर डमर घले एनआरएनए युकेका पूर्वअध्यक्ष हुन् ।  

बेलायतमा बसोबास गर्ने उनी हाल पोखरामा आफ्नै होटेल व्यवसाय सञ्चालन गरिरहेका छन् । त्यस्तै अधिवक्ता आशिष उप्रेती युवा कानुन व्यवसायी हुन् ।   

उच्चस्तरीय समितिका अध्यक्ष डा.शेष घलेले भने, ‘लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली संघलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेश अनुरूप परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा एकताको महाधिवेशन गर्न लागिएको हो ।  संस्थाको लोकतान्त्रीकरण तथा सम्पूर्ण सदस्यहरूलाई अधिकार सम्पन्न गर्नेगरी  निष्पक्ष र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गराउन निर्वाचन समितिलाई सहयोग गर्न पनि सम्पूर्ण मित्रहरूलाई आग्रह गर्दछौँ ।’ 

समितिले एनआरएनएका सबै पञ्जीकृत सदस्यहरूले काठमाडौँमा उपस्थित भएर तोकिएको शुल्क तिरी डेलिगेट्स बन्न पाउने व्यवस्था गरिएको पनि जनाएको छ।  

Advertisment

थप समाचार