काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक शेष घलेले बद्री केसीले तय गरेका अनधिकृत कार्यक्रम रोक्न पत्राचार गरेका छन् ।
घलेले थाइल्याण्डमा आयोजना हुन लागेको युवा सम्मेलन, कम्बोडियामा आयोजना भएको एसिया प्यासिफिक सम्मेलन र माल्टामा तय भएको युरोप क्षेत्रीय सम्मेलन रोक्न पत्राचार गरेका हुन् ।
उनले सम्बन्धित एनसीसीहरुलाई छु्ट्टाछुट्टै पत्र पठाएर ती कार्यक्रम अनधिकृत भएकाले सर्वोच्च अदालतको परमादेश स्मरण गराइएको छ ।
सम्बन्धित एनसीसीले एकीकृत महाधिवेशन केन्द्रित कार्यक्रम भन्दा अन्य गतिविधि नगर्न नगराउन घलेको निर्देशन छ।
ती स्थानमा अन्य गतिविधी गर्न गईरहेको भन्ने जानकारी आएकोले ती कार्यक्रम तत्काल रोकि उच्चस्तरीय समितिलाई जानकारी गराउन समेत भनिएको छ ।सो निर्देशनको पालना नगरेमा सर्वोच्च अदालतको परमादेश तथा फैसला कार्यान्वयन निर्देशनालयको निर्देशनलाई पालना नगरेको निष्कर्स सहित कारवाहिको लागि सिफारिस गरिने पत्रमा उल्लेख गरिएको छ ।
गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिबाट २०२५ मे ३ देखि ५ सम्म काठमाडौँमा हुने अन्तराष्ट्रिय महाधिवेशनलाई सफल बनाउन विश्वभर रहेका नेपालीहरूको एकता, सशक्तिकरणका लागि योगदान पुर्याउने उद्देश्य साथ अगाडि बढिरहेको समेत स्मरण गराइएको छ।
Advertisment