Below Menu
Below Menu

स्वास्थ्य बीमा वापत साढे ६० अर्ब भुक्तानी, चालु आवमा पठायो करिब पाँच अर्ब 

स्वास्थ्य बीमा वापत साढे ६० अर्ब भुक्तानी, चालु आवमा पठायो करिब पाँच अर्ब 

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले गत वर्षको पुरानो दाबी वापत थप एक अर्ब बढी रकम भुक्तानी गरेको छ । बोर्ड आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको आधारमा एक अर्ब २८ करोड ९२ लाख ९७ हजार ३२८ रुपैयाँ भुक्तानी गरेको हो । 

गत माघ ८ गतेको बोर्डको निर्णयअनुसार स्वास्थ बीमा कार्यक्रम सञ्चालन गरेका सेवा प्रदायक केन्द्रहरुमा दोस्रो पटकको भुक्तानी पठाएको हो ।

बोर्डले गत आवको तेश्रो त्रैमास अवधिसम्मको दाबीवापत चालू आवको दोस्रो किस्तावापत गत कात्तिक मसान्तमा कुल ३ अर्ब ६८ करोड २९ लाख ३ हजार  ६८८ रूपैयाँ भुक्तानी गरि सकेको छ ।

बोर्डले चालु आवको तेस्रो त्रैमाससम्म चार अर्ब ९७ करोड २२ लाख एक हजार १६ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो । हालसम्म बोर्डले स्वास्थ्य बीमा बापतको साढे ६० अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रम शुरु भएदेखि हालसम्म बीमा वापतको ६० अर्ब ५० करोड ५९ लाख १९ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो ।

बोर्डका अनुसार हालसम्म सात प्रदेशका ३२२ वटा सेवा प्रदायक संस्थाहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका छन् ।

बोर्डका अनुसार एक करोड रूपैयाँभन्दा बढी सोधभर्ना प्राप्त गर्ने अस्पतालहरूमा प्रमुख अस्पतालहरू महाराजगञ्ज शिक्षण अस्पताल, वीर अस्पताल, गंगालाल हृदय रोग उपचार केन्द्र, धुलिखेल अस्पताल, भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, सुर्खेत प्रादेशिक अस्पताल, गण्डकी प्रादेशिक अस्पताल, कोशी प्रादेशिक अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर छन् ।
 

Advertisment

थप समाचार