Below Menu
Below Menu

अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय

अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : सरकारले हालै जारी गरेको अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को आजको बैठकले यही माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा फास्ट ट्रयाकबाट अध्यादेश पारित गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भने, “राष्ट्रपतिबाट जारी भएको अध्यादेश संसद सचिवालयमा दर्ता भएको छ, अध्यादेश कार्यान्वयन गर्न नियमावली बनाउने निर्णय गरेको छ ।” 

आवश्यकताका आधारमा अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको उल्लेख गर्दै मन्त्री गुरुङले सुशासन प्रवद्र्धन र अर्थतन्त्रका समस्या समाधान गर्न अध्यादेश जारी गरेको स्पष्ट गरे । बैठकले विभिन्न कार्यक्रम गरी ‘सहिद दिवस’ मनाउने समेत निर्णय गरेको छ । 

Advertisment

थप समाचार