Below Menu
Below Menu

श्रीलङ्काको निर्यातमा उल्लेखनीय वृद्धि, १६ अर्ब डलर बढी राजस्व संकलन

श्रीलङ्काको निर्यातमा उल्लेखनीय वृद्धि, १६ अर्ब डलर बढी राजस्व संकलन

कोलम्बो : श्रीलङ्काले सन् २०२४ मा १६ अर्ब अमेरिकी डलरभन्दा बढीको कीर्तिमानी कुल निर्यात राजस्व हासिल गरेको छ । 

देशको निर्यात विकास बोर्ड (इडीभी) ले सोमबार जारी गरेको पछिल्लो तथ्याङ्कले  यो वार्षिक रूपमा ७.०६ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

इडीभले सन् २०२४ राजस्वले सन् २०१८ मा रेकर्ड गरिएको उच्चतम निर्यात आयलाई पार गरेको जनाएको छ । कपडा, चिया, रबर, नरिवलमा आधारित उत्पादन सन् २०२४ मा व्यापारिक वस्तुको निर्यात आम्दानी १.०४ अर्ब डलर पुगेको छ ।

डिसेम्बर सन् २०२४ मा सेवा निर्यात ३२२.९२ लाख डलर अनुमान गरिएको थियो, जुन सन् २०२३ को सोही अवधिको तुलनामा उल्लेखनीय २९.९६ प्रतिशतले बढेको छ ।

Advertisment

थप समाचार