सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन बीमालेखमा कति बोनस ?

सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन बीमालेखमा कति बोनस ?

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/०८१ का लागि वितरण गर्ने नयाँ बोनसदर सार्वजनिक गरेको छ । 

Sponsored Advertisement

सार्वजनिक नयाँ बोनसदर अनुसार बीमितले अधिकतम ८० रुपैयाँ प्रतिहजारसम्म बोनस पाउने छन् । ३० वर्ष वा सोभन्दा बढी समयका लागि सावधिक तथा आजिवन बीमालेख खरिद गरेका बीमितले ८० रुपैयाँ बोनस पाउने कम्पनीले जनाएको छ । सोही बीमालेख २५ देखि २९ वर्षका लागि खरिद गर्ने बीमितले ६५ रुपैयाँ बोनस पाउनेछन् ।

यस्तै, सिटिजन बाल भविष्य योजना सावधिक बीमालेख २५ देखि २९ वर्षकालागि खरिद गर्ने बीमितले ६७ रुपैयाँ बोनस पाउँदा २० देखि २४ वर्षका लागि बीमालेख खरिद गर्दा बीमितले ५२ रुपैयाँ बोनस पाउने जनाइएको छ ।

यस्तै, सिटिजन शुभारम्भ योजना ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि खरिद गर्ने बीमितले ७५ रुपैयाँ र २५ देखि २९ वर्षका लागि खरिद गर्ने बीमितले ६५ रुपैयाँ बोनस पाउने जनाइएको छ ।

थप समाचार