बाढीका कारण माण्डु हाइड्रोपावरको विद्युत उत्पादन बन्द

बाढीका कारण माण्डु हाइड्रोपावरको विद्युत उत्पादन बन्द

काठमाडौं : अविरल वर्षाका कारण आएको बाढीले माण्डु हाइड्रोपावरले सञ्चालन गरिरहेको आयोजनाबाट विद्युत उत्पादन रोकिएको छ।

गत शुक्रबारदेखि परेको भिषण वर्षाका कारणले बागमती खोलामा आएको बाढी तथा पहिरोले पावर हाउस तथा हेड वर्क्समा रहेको भौतिक संरचना लगायत उपकरणहरुमा क्षति पुगेको कम्पनीले जनाएको छ।

यसका साथै प्लान्ट सञ्चालन अवरुद्ध भइ काबुभन्दा बाहिरको स्थिति श्रृजना भइ विद्युत उत्पादन हुन नसकेको कम्पनीले जनाएको छ । सो सम्बन्धि पूर्ण क्षतिको विवरण भने आउन बाँकी रहेको कम्पनीले सूचनामा उल्लेख गरेको छ ।