देश अब आर्थिक सङ्कटको डिलबाट धेरै बाहिर आइसकेको छ: प्रधानमन्त्री

देश अब आर्थिक सङ्कटको डिलबाट धेरै बाहिर आइसकेको छ: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक अवस्था क्रमशः सोधारोन्मुख भएको बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा उनले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारी सृजना, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार हुँदै गएको बताए।

Sponsored Advertisement

प्रधानमन्त्री दाहालले नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय हितको रक्षालगायत सबै जिम्मेवारीमा सरकार आम जनताले देखिने र बुझिने गरी राम्रो अङ्कका साथ उत्तीर्ण भएका स्पष्ट पारे ।

सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा बनेका कैयौँ मानकहरू त्यही अग्रसरताका परिणाम भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न राष्ट्रिय समन्वय परिषद्, प्रशासनिक समन्वय परिषद् तथा विषयगत समितिहरूलाई सक्रिय बनाइएको बताए।

उनले देश आर्थिक सङ्कटबाट धेरै बाहिर आएको स्पष्ट पारे । “मैले तथ्याङ्कमै भनें, हाम्रा सबैजसो आर्थिक सूचकहरू सकारात्मक हुँदै गएका छन् । त्यसैले हाम्रो अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम रहनेछैन,” प्रधानमन्त्रीले भने, “बजेट निर्माण प्रक्रियालाई समावेशी, वैज्ञानिक र वस्तुपरक बनाउन मैले निकै प्रयास गरेँ । डेढ वर्षको अवधिमा प्राप्त यो उपलब्धि सानो होइन । म भन्न सक्छु, देश अब आर्थिक सङ्कटको डिलबाट धेरै बाहिर आइसकेको छ ।”

थप समाचार