Below Menu
Below Menu

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत

मनिला : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत् वितरण प्रणालीलाई बढावा दिन र विद्युत् आपूर्तिको लचिलोपन बढाउन १४ करोड ८५ लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

परियोजनाले विद्यमान २६ वटा विद्युत् सवस्टेसनलाई अपग्रेड गर्दै करिब सात सय ७० किलोमिटर जलवायु–लचिलो कन्डक्टर स्थापना गरेर सिक्किमको विद्युत् वितरण प्रणालीलाई उन्नत र आधुनिकीकरण गर्ने वाचा गरेको छ ।

परियोजनाअनुरूप नवीकरणीय ऊर्जा प्रणाली स्थापना गरेर र व्यावसायिक सीप सुधार गरेर कम्तीमा एक हजार एक सय महिलाको जीविकोपार्जन बढाउने एडीबीले जनाएको छ ।

परियोजनाले विशेषगरी जाडो महिनाहरूमा ग्रामीण स्वास्थ्य सेवा सुविधाहरूको क्षमता बढाउन २४ वटा प्राथमिक स्वास्थ्य सेवा उपकेन्द्रमा सौर्य ऊर्जा प्रणाली र ऊर्जा–कुशल विद्युतीय उपकरणहरू पनि तैनाथ गर्ने एडिबीले जनाएको छ ।

Advertisment