दोहोरो अंकले घट्यो शेयर बजार, पाँच अर्ब ३८ करोडमा समेटियो कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, पाँच अर्ब ३८ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १६.४७ अंकले घटेर २६१३.३३ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ११.७७ अंकले बढेर २६२९.८१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ५० कम्पनीको शेयरमूल्य बढेको छ । भने २२३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन डिष्ट्रिलरी कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा लक्ष्मी सनराइज बैंक डिबेञ्चर रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज हाथवे इन्भेष्टमेन्ट नेपालको शेयरमूल्य १०.५८ प्रतिशतले घटेको छ । 
 

थप समाचार