प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन

काठमाडौं : प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन्। कम्पनीको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो। मल्ल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत हुन्। 
इन्स्योरेन्सको सदस्यहरुमा सञ्चालकहरुको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन भएका छन्। यस्तै सर्वसाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन भएका छन्।

Sponsored Advertisement

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका मल्ल निर्जीवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन्। उनले अन्य विभिन्न व्यवसायीक संघ, संस्था तथा कम्पनीको नेतृत्व गरिरहनेछ।

प्रभु इन्स्योरेन्सको व्यवसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताए। निर्जीवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवं व्यवसायिक हितका लागि आफुले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ। 
 

थप समाचार