लाभांश प्रस्तावसहित सिईडिबि हाइड्रोपावरले डाक्यो साधारणसभा 

लाभांश प्रस्तावसहित सिईडिबि हाइड्रोपावरले डाक्यो साधारणसभा 

काठमाडौं : सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को साधारण सभा बोलाएको छ।

Sponsored Advertisement

उक्त सभा बैशाख ३१ गते, सोमबार, नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहान ८ बजे शुरु हुनेछ। सभाले दुई आर्थिक वर्षको लागि हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

त्यसैगरी, सभाले  प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बैशाख १९ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जसअनुसार बैशाख १८ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

थप समाचार