Below Menu
Below Menu

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला एक लाख ३० हजार पुग्यो 

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला एक लाख ३० हजार पुग्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत चैत १५ बिहिबार एकैदिन तोलामा ११ सय रुपैयाँले बढेर एक लाख २७ हजार ००० पुगेको सुनको मूल्यले रेकर्ड तोेडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार