Below Menu
Below Menu

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख २७ हजार ९०० पुग्यो 

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख २७ हजार ९०० पुग्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत चैत ८ गते बिहिबार एकैदिन तोलामा २६ सय रुपैयाँले बढेर एक लाख २७ हजार ८०० पुगेको सुनको मूल्यले रेकर्ड तोेडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ५१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार