रिलायबल प्राइभेट इक्वीटी फण्ड र अकामा होटलबीच लगानी सम्झौता

रिलायबल प्राइभेट इक्वीटी फण्ड र अकामा होटलबीच लगानी सम्झौता

काठमाडौं : रिलायबल प्राइभेट इक्वीटी फण्डले अकामा होटलमा लगानी गर्ने भएको छ ।  बीच लगानी सम्झौता कोष व्यवस्थापक रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्धित रिलायबल प्राइभेट इक्वीटी फण्ड र पाँचतारे वर्गको अकामा होटल लिमिटेडमा लगानी गर्ने सम्झौता भएको हो ।

Sponsored Advertisement

सम्पूर्ण सेवा सुविधा सहित पूर्ण रुपमा सञ्चालनमा रहेको उक्त होटलमा लगानी गर्ने सम्बन्धमा फण्डको तर्पmबाट कोष व्यवस्थापकका प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झा र अकामा होटलको तर्पmबाट होटलका अध्यक्ष विनय कुमार श्रेष्ठले लगानी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

लगानी सम्झौता अनुसार, रिलायबल प्राइभेट इक्वीटी फण्डले अकामा होटलमा बाइस करोड पचास लाख रुपैँया लगानी गरी प्राथमिक सार्वजनिक निष्कासन पश्चात् कायम रहने शेयर पूँजीको दश प्रतिशत रकम बराबरको शेयर खरिद गर्नेछ ।

रिलायबल प्राइभेट इक्वीटी फण्ड, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्र्तगत नेपाल धितोपत्र बोर्डमा दर्ता भई संस्थापन तथा सञ्चालन भएको कोष हो जसको व्यवस्थापन रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरको छ । यस कोषको मुख्य उद्देश्य सूचिकृत नभएका संस्थाहरुमा लगानी गरी सो सस्ंथाहरुलाई एक वैकल्पिक वित्तीय श्रोत उपलब्ध गराउनु रहेको छ । 
 

थप समाचार