Below Menu
Below Menu

पेट्रोल र डिजेलको मूल्य घट्यो (सूचीसहित)

पेट्रोल र डिजेलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनले शुक्रबार पठाएको नयाँ मूल्य सूची अनुसार मूल्य समायोजन गरेको निगमले जनाएको छ ।

निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ । 

नयाँ मूल्य शुक्रबार मध्यरातिदेखि लागू हुने निमगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अब काठमाडौंमा उपभोक्ताले पेट्रोल प्रतिलिटर १७१ र डिजेल तथा मट्टितेल १५८ रुपैयाँ तिर्नुपर्नेछ ।

Advertisment

थप समाचार