Below Menu
Below Menu

बढ्न थाल्यो वैदेशिक लगानी, एक महिनामै भित्रियो साढे छ अर्ब 

बढ्न थाल्यो वैदेशिक लगानी, एक महिनामै भित्रियो साढे छ अर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको फागुन महिनामा नेपालमा आउने वैदेशिक लगानी बढेको छ । गत माघको तुलनामा उक्त लगानी करिब साढे पाँच अर्ब रुपैयाँले बढेको हो ।

विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीका कारण प्रभावित बनेको विदेशी लगानीमा केही सुधार देखिएको छ । सरकारको नीतिका र लगानीको वातावरण बन्न नसक्दा विदेशी लगानीमा अस्थिरता देखिएको हो । 

उद्योगको विभागको पछिल्लो तथ्यांक अनुसार फागुनमा साढे ६ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको छ । यस अवधिमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी १४ उद्योगका लागि ६ अर्ब ६७ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

उक्त लगानी गत माघ महिनाको तुलनामा ४५९.७३ प्रतिशतले बढी हो । जबकी पुसमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी १८ उद्योगका लागि एक अर्ब १९ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

यस अवधिमा विदेशी लगानीका १२ नयाँ उद्योगका लागि ६ अर्ब ४७ करोड २० लाख हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ भने एपीए र एसएसएका दुई उद्योगका लागि २० करोड रुपैयाँ प्रतिवद्धता आएको हो ।

चालु आवको फागुन मसान्तसम्म २६३ नयाँ उद्योग लागि २९ अर्ब १३ करोड ४५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । फागुनमा मात्र दर्ता भएका उद्योगमा ४७७ जनाले रोजगारी पाउने भएका छन् भने आठ महिनामा दर्ता भएका उद्योगमा १३ हजार १६९ जनालाई रोजगारी प्रस्ताव गरिएको हो । 

यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग २३८ वटा, मझौला उद्योग १२ वटा र ठूला उद्योग तीन वटा रहेका छन् । फागुनमा मात्रै विदेशी लगानीका साना उद्योग १२ वटा दर्ता भएका छन् ।

विभाग अनुसार फागुन मसान्तसम्म सूचना प्रविधि क्षेत्रका आठ वटा, निर्माण क्षेत्रका ३० वटा, सेवामुलक क्षेत्रका ८८, खनिज क्षेत्रका दुई, पर्यटन क्षेत्रका ११५ उद्योग दर्ता भएका छन् । त्यस्तै यस अवधिमा कृषि क्षेत्रका चार र पूर्वाधार क्षेत्रका ६ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा जलविद्युत क्षेत्रमा भने लगानी आएको छैन ।

घट्यो रोयल्टी र लाभांशमा बाहिरिने रकम 

विभागका अुसार यसर अवधिमा नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरुले नाफा वापत लैजाने लाभांश पनि घटेको छ । यस अवधिमा विदेशी लगानीकर्ताहरुले ९ अर्ब एक करोड ९४ लाख ४७ हजार रुपैयाँ बराबरको लाभांश लैजान प्रस्ताव गरेका छन् । विभागका अनुसार फागुन मसान्तसम्म विदेशी लगानीमा सञ्चालित उद्योगबाट भएको नाफा वापत सो बराबरको लाभांश लैजान प्रस्ताव गरेका हुन् ।

गत आवको सोही अवधिको तुलनामा उक्त रकम चार अर्ब ४४ करोड १४ लाख रुपैयाँ अर्थात ३२.९९ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा विदेशी लगनाीकर्ताहरुले लाभांश वापत १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार रुपैयाँ लगेका थिए ।

यस अवधिमा लगानीकर्ताहरुले रोयल्टी मार्फत एक अर्ब ५३ करोड ५७ लाख ७९ हजार रुपैयाँ, एक करोड २ लाख ६५ हजार अमेरिकी डलर र १३ करोड र ५४ करोड ९९ लाख ५० हजार रुपैयाँ रोयल्टी लैजान प्रस्ताव गरेको विभागको तथ्यांकमा उल्लेख छ । 

Advertisment

थप समाचार