हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न सानिमा जिआईसीले बोलायो साधारणसभा 

हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न सानिमा जिआईसीले बोलायो साधारणसभा 

काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न छैठौँ वार्षिक साधारण सभा बोलाएको हो । 

Sponsored Advertisement

उक्त सभा चैत २९ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हकप्रद शेयर जारी गर्ने प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार चैत १४ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

थप समाचार