काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका वडा नं ३ का तत्कालीन वडा अध्यक्ष टोप बहादुर थापा विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ । तत्कालीन वडा अध्यक्ष थापाले मृत्यु भैसकेको मानिसको नाममा बृद्धभत्ता वितरण गरेको आरोपमा मुद्दा दायर गरेको हो
तत्कालीन वडा अध्यक्ष थापाले अस्तित्वमा नभएको व्यक्तिको नामको आव २०७४/७५, आव२०७५/७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आव २०७६/७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी ५१ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता आफ्नो आमा नाता जनाई बुझिलिई घ्रष्टाचार गरेको आयोगको भनाई छ ।
उनी विरुद्ध आयोगले सोही रकम बराबरको मागदाबी गर्दै बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
Advertisment