काठमाडौं : आन्तरिक राजस्व विभाग कलंकी शाखा कार्यालयले करदातालाई कर तिर्न निर्देशन दिएको छ । विभागले एक सूचना जारी गर्दै कलंकीमा दर्ताभएका करदाताहरुले लामो समयदेखि मूल्य अभिवृद्धि कर तथा आयकर नतिरेको भन्दै ५४ व्यक्ति तथा संघसंस्थालाई १५ दिनभित्र रकम दाखिल गर्न निर्देशन दिएको हो । यसका साथै कर दाखिला गरेको भए सोको प्रमाण समेत पेस गर्न भनेको छ ।
तोकिएको समयभित्र कर नतिरेमा मूल्य अभिवृद्धि कर ऐन–२०५२ अनुसार व्यावसायिक कारोबार रोक्कादेखि बैंक खाता, घरजग्गा कारोबार र नेपालबाहिर जानसमेत रोक लगाएर बक्यौता असुल गरिने विभागले चेतावनी दिएको छ ।

Advertisment