Below Menu
Below Menu

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २६ हजार पुग्यो 

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २६ हजार पुग्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहिबार एकैदिन तोलामा १५ सय रुपैयाँले बढेर एक लाख २५ हजार पुगेको सुनको मूल्यले रेकर्ड तोेडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार