Below Menu
Below Menu

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा नयाँ सञ्चालक समिति चयन

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा नयाँ सञ्चालक समिति चयन

काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २६औं साधारण सभा सम्पन्न भएको छ ।

सभाले आगामी चार वर्षका लागि संचालक समेत चयन गरेको छ । संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल निर्विरोध चयन भएका छन् । यस्तै सर्वसाधारण समुहबाट भने राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल संचालकमा निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, सभाले अध्यक्ष ढकालले प्रस्तुत गरेको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पनि सर्वसम्मत पारित गरेको छ । 

आइजीआई प्रुडेन्सियल साविकको आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको कम्पनी हो ।

Advertisment

थप समाचार