Below Menu
Below Menu

अदानचुलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा  

अदानचुलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा  

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ । 

आयोगले आदनचुली गाउँपालिका वडा नं. ३ स्थित ढकनीकुनादेखी मुढेघट्टसम्म सिँचाई योजानामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

उक्त प्रकरणमा आयोगले अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव(इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीविरूद्ध मुद्दा दायर गरेको हो । 

विपरितको कार्य गरी झुट्टा नापी किताब, उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्याङ्कन गराई ४२ लाख २९ हजार ३५८ दशलमव ८९ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । 

आयोगले उनीहरु विरुद्ध जनही सोही रकम बराबरको विगो कायम गरी कायम गरी जरिवाना र सजायको मागदाबी गरेको छ । यस्तै सोही प्रकरणमा संलग्न अदानचुली गाउँपालिका वडा–३ का वडाध्यक्ष दत्त विष्ट, उप–प्रमुख सौमति रावल ऐडी, अनुगमन समिति सदस्य मान बहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटाविरूद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।

Advertisment

थप समाचार