Below Menu
Below Menu

घरजग्गा कारोबारसँगै बढ्यो राजस्व, माघमा उठ्यो ३ अर्ब ७१ करोड 

घरजग्गा कारोबारसँगै बढ्यो राजस्व, माघमा उठ्यो ३ अर्ब ७१ करोड 

काठमाडौं : चालु आर्थिक वर्षको माघ महिनामा घर जग्गा कारोबारबाट घरजग्गा कारोबारबाट साढे तीन अर्ब बढी राजस्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेखालय विभागकाअनुसार घरजग्गाको कारोबार बढेसँगै यसबाट सरकारले पाउने राजस्व रकम पनि बढेको छ ।

विभागका अनुसा माघ महिनामा घरजग्ग्गा कारोबारबाट कुल राजस्व ३ अर्ब ७१ करोड २८ लाख ११ हजार ९१४ रुपैयाँ राजस्व संकलन भएको छ ।जुन गत पुसको तुलनामा १५.८३ प्रतिशत अर्थात ५० करोड ७५ लाखले बढी हो । पुसमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब २० करोड ५२ लाख १२ हजार ५३० रुपैयाँ राजस्व संकलन गरेको थियो ।

विभागकाअनुसार कुल राजस्वमध्ये सेवा कर २२ करोड ५१ लाख ५७ हजार ६७९ रुपैयाँ, रजिष्ट्रेसन दस्तुर २ अर्ब २४ करोड ९९ लाख ६१ हजार ७९३ रुपैयाँ र पुँजिगत लाभ कर १ अर्ब १९ करोड ९३ लाख ९६ हजार ७९९ रुपैयाँ तथा अन्य कर तथा दस्तुरहरु रहेका छन् ।

माघ महिनामा ४९ हजार २९० घरजग्गा कारोबार भएको छ विभागले जनाएको छ । यस अवधिमा कुल ४९ हजार २९० वटा घरजग्गा लिखत पास भएका छन् । जसमध्ये नामसारी ४३८३ वटा, संशोधन १० हजार ४८२ वटा रहेका छन् । 

यस अवधिमा ३३ हजार २३४ जग्गा रोक्का भएको छ भने २८ हजार ५८६ जग्गा फुकुवा भएको विभागको तथ्यांकमा उल्लेख छ । यसअघि पुस महिनामा ४५ हजार २७७ वटा घरजग्गा किनबेच भएको थियो । 

त्यस्तै, मंसिरमा ४१ हजार ८५१ वटा, कात्तिकमा २६ हजार, असोजमा ४७ हजार ३९८ वटा भदौमा ३५ हजार ६८६ वटा र साउनमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएको थियो ।


 

Advertisment

थप समाचार