Below Menu
Below Menu

सर्वसाधारणमा आईपीओ जारी गर्दै कालंगा हाइड्रो, बिक्री प्रबन्धकमा दुई क्यापिटल नियुक्त 

सर्वसाधारणमा आईपीओ जारी गर्दै कालंगा हाइड्रो, बिक्री प्रबन्धकमा दुई क्यापिटल नियुक्त 

काठमाडौं : कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ४९ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । 

कम्पनीले हाल कायम जारी पूँजी एक अर्ब ४० करोड मध्येबाट साधारणहरुको लागि ३५ प्रतिशत अर्थात ४९ करोड बराबरको शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले ३४ करोड ९० लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा ज्योति क्यापिटल र १४ करोड १० करोड रुपैयाँ बराबरको शेयर निष्कासनका लागि  लक्ष्मी सनराईज क्यापिटललाई नियुक्त गरेको छ । 

कम्पनीको कालंगा कम्प्लेस, धोबीघाट ३, ललितपूर स्थित रजिष्र्टड कार्यालयमा साधारण शेयर प्रत्याभुति कार्यको लागि कम्पनीको तर्फबाट संचालक तिर्थ राज चटौत तथा प्रत्याभुतिकर्ताहरु ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र लक्ष्मी सनराइज क्यापिटलका  तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच त्रिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

जारी पूँजी १ अर्व ४० करोड रहेको कालंगा हाइडोका संस्थापक तथा संचालकहरु चिरपरिचित व्यवसायी रहेका छन् । कम्पनीले बझाङमा कालंगागाड जलविद्युत आयोजना (१५.३३ मे.वा) को निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण समेत गरी आएको छ । निकट भविष्यमा आफ्नो आम्दानीबाट ऋण चुक्ता गरी साधारण शेयरधनीहरुलाई उचित प्रतिफल वितरण गर्ने योजना कम्पनीले लिएको छ ।

Advertisment

थप समाचार