Below Menu

बाँसबारीको जग्गा प्रकरणः अरुण चौधरीसहित तीनजनालाई म्याद थप

बाँसबारीको जग्गा प्रकरणः अरुण चौधरीसहित तीनजनालाई म्याद थप

काठमाडौं : बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले पक्राउ गरेका व्यवसायी अरुण चौधरीसहित तीनजनालाई जिल्ला अदालत काठमाडौँले सोमबार थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । 

Sponsored Advertisement

जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले आज उनीहरु तीनैजनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको उक्त अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

उनले भने, “बाँसबारीको १० रोपनी जग्गा हिनामिना गरेको अभियोग लागेका व्यवसायी अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सीका सञ्जय ठाकुरलाई थप दुई दिन हिरातमा राख्न अनुमति दिइएको छ ।”

उक्त जग्गा प्रकरणमा सिआईबीले उनीहरुलाई यही माघ १८ गते पक्राउ गरेको हो थियो ।