Below Menu
Below Menu

माण्डु हाइड्रोपावरले म्युचुअल फन्डलाई छुट्याएको शेयरको ‘लक इन’ अवधि फागुन २३ गते सकिने

माण्डु हाइड्रोपावरले म्युचुअल फन्डलाई छुट्याएको शेयरको ‘लक इन’ अवधि फागुन २३ गते सकिने

काठमाडौं : माण्डु हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) फागुन २३ गतेबाट सकिने भएको छ  । कम्पनीले सामुहिक लगानी कोषका लागि छ्ट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । 

कम्पनीले सर्वसाधारणमा जारी गरेको शेयरमध्ये २२ हजार ९३५ कित्ता शेयरको लकइन पिरियड खुल्ला भएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । हाइड्रोपावरले चुक्ता पुँजी एक अर्ब ३६ करोड ३६ लाख ३७ हजारको १२ प्रतिशत अर्थात १६ लाख ३६ हजार ३७० कित्ता शेयर सर्वसाधारणमा जारी गरेको थियो । 
जसमध्ये ५ प्रतिशत अर्थात ७२ हजार १३३ कित्ता शेयरमा नेपाल धितोपत्र बोर्डका निर्देशन अनुसार २२ हजार ९३५ कित्ता लक इनमा राखिएको थियो । 

नेपाल धितोपत्र बोर्डले गत कात्तिक २० गते म्युचुअल फन्डहरुलाई बिक्री गरेको आर्इपीओ ६ महिनासम्म ‘लक इन’ राख्नु पर्ने व्यवस्था गरेको थियो । लक इन अवधि सकिएपछि म्युचुअल फन्डले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

Advertisment

थप समाचार