Below Menu
Below Menu

युनाइटेड इदी मर्दीको लाभांश घोषणा, साधारणसभा र बुक क्लोजको मिति तय 

युनाइटेड इदी मर्दीको लाभांश घोषणा, साधारणसभा र बुक क्लोजको मिति तय 

काठमाडौं : युनाइटेड इदी मर्दी एन्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट शेयरधनीलाई ५.७८९ लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

कम्पनीले हाय कायम चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२८९ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश प्रस्ताव पारित गर्न कम्पनीले फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।

सो सभाले कम्पनीले वितरण गर्न लागेको लाभांश र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार फागुन ३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा सहभागी हु्न र लाभांश प्राप्त गर्न सक्नेछन् । 

Advertisment

थप समाचार