Below Menu
Below Menu

नाफासँगै बढ्यो ङादी ग्रुप पावरको प्रतिशेयर आम्दानी 

नाफासँगै बढ्यो ङादी ग्रुप पावरको प्रतिशेयर आम्दानी 

काठमाडौं : ङादी ग्रुप पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ३ करोड ३२ लाख रुपैयाँ कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३५.६५ प्रतिशतले बढी हो । गत आवको सोही अवधमिा कम्पनीले २ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस अवधिमा कम्पनीको वित्तीय खर्च घटेका कारण नाफा बढेको हो । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्री आम्दानी पनि सामान्य रुपमा बढ्दा नाफामा वृद्धि भएको हो । 

गत वर्षको पुस मसान्तसम्म विद्युत बिक्रीमार्फत ८ करोड ४ लाख रुपैयाँ आम्दनाी गरेको कम्पनीले चालु आवको यस अवधिसम्ममा ८ करोड १३ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ । जुन गत पुस मसान्तको तुलनामा १.१४ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको वित्तीय खर्च ५३.१९ प्रतिशतले छ । त्यस्तै कुल नाफा १२.१७ प्रतिशतले बढेर ७ करोड ६८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १.९१ प्रतितशले बढेको छ । 

पुस मसान्तसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा कम्पनीको इपीएस ०.८२ रुपैयाँले बढेर ३.५९ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ४८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७५.८५ गुणा रहेको छ ।


 

Advertisment

थप समाचार