Below Menu
Below Menu

रिडि पावर र युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन 

रिडि पावर र युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आइतबार दुई कम्पनीको शेयर मुल्य समायोजन भएको छ । नेप्सेले युनाइटेड अजोड इन्स्योरेन्स र रिडी पावर कम्पनीको हकप्रद र बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । 

यी दूई कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै कम्पनीको अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेका अनुसार युनाइटेड अजोड इन्स्योरेन्सको १०.२६१२ प्रतिशत बोनस पछिको शेयरमूल्य ५६१ दशमलव ३० रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ६१८ दशलमव ९० रुपैयाँमा भएको थियो । 

त्यस्तै, रिडी पावर कम्पनीको ५० प्रतिशत हकप्रद शेयर वापतको शेयरमूल्य २१६ दशमलव ६७ रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । कम्पनीको अन्तिम कारोबार २७५  रुपैयाँमा भएको थियो ।  

 

Advertisment

थप समाचार