Below Menu
Below Menu

नेशनल हाइड्रोपावरको नाफा बढ्यो, विद्युत बिक्री आम्दानी भने घट्यो 

नेशनल हाइड्रोपावरको नाफा बढ्यो, विद्युत बिक्री आम्दानी भने घट्यो 

काठमाडौं : नेशनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ८८ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २०.१७ प्रतिशतले बढी हो । गत वर्षको पुससम्म कम्पनीले ७३ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधिमा हाइड्रोपावरको वित्तीय खर्च घट्दा नाफा बढेको हो । गत वर्षको पुस मसान्तसम्म ८१ लाख २३ हजार रुपैयाँ रहेको कम्पनी वित्तीय खर्च यस अवधिमा ६२ लाख ५३ हजार रुपैयाँमा झरेको छ । 

गत वर्षको सोही अवधिमा विद्युत बिक्रीबाट ५ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले यस अवधिमा ५ करोड ४३ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । 

दुई अर्ब ४६ करोड ७१ लाख ६२ हजार रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको कम्पनीको  जगेडा कोषमा २ करोड ६५ लाख जम्मा रहेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १०१.८० रुपैयाँ रहेको छ । 
 

Advertisment

थप समाचार