काठमाडौं : ह्याविट्याट पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको छ ।
उक्त सभा फागुन १० गते बिहिबार कम्पनीको रजिष्टर्ड कार्यालय हाँडीगाँउ काठमाडौंमा बिहान ११ बजे हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, लेखापरिक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्ने, कम्पनीको चुक्ता पुँजी भन्दा बढी कर्जा लिने र आईपीओ निष्कासन सम्बन्धी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
Advertisment