काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) सकिएसँगै संस्थापक शेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीलाई शेयर कारोबार फुकुवा भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार होटल तथा पर्यटक समुहको कम्पनीको सम्पूर्ण एक करोड ३८ लाख ६८ हजार १८३ कित्ता शेयर कारोबारका लागि सोमबारदेखि खुला भएको हो ।
कम्पनीको संस्थापकको १ करोड ३५ लाख कित्ता सेयर, ३ लाख ६ हजार ८१९ कित्ता स्थानीय बासीको र ६१ हजार ३६४ कित्ता कर्मचारीको शेयरमा लकइन अवधि सकिएको नेप्सेले जनाएको छ ।
लकइन अवधि सकिएसँगै थप भएको १ करोड ३८ लाख ६८ हजार १८३ कित्ता शेयर साधारण शेयरमूल्य सरहमै उहीँ कोडबाट कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।
Advertisment