काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेकोे छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ७.२४ अंकले घटेर २१५५.८२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ६४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा सात अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा आठ अर्ब १७ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५६ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्ने कम्पनीमा समाज लघुवित्त वित्तीय संस्था र आँखुखोला जलविद्युत कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो ।
आज सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment