Below Menu
Below Menu

मुद्दती निक्षेपमा लगानी गर्दै पुनर्बीमा कम्पनी, शिलबन्दी पेश गर्न आह्वान 

मुद्दती निक्षेपमा लगानी गर्दै पुनर्बीमा कम्पनी, शिलबन्दी पेश गर्न आह्वान 

काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीले वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीको लगानीयोग्य रकम एक वर्ष वा सो भन्दाबढी अवधिको मुद्दती निक्षेपमा लगानी गर्न लागेको कम्पनीले जनाएको छ ।

मुद्दती निक्षेपमा रकम लिन चाहने इच्छुक बैंकहरूले तीन कार्यदिनभित्र कार्यालय समयमा गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ ।

यसका साथै बैंकहरुले लिन चहेको अमेरिकी डलर मुद्दती निक्षेप रकम, व्याजदर र भुक्तानीको तरिका समेत कम्पनीले तोकेको शिलबन्दी प्रस्ताव फाराम भित्र रहेको जनाएको छ ।

प्रस्तावको मान्य अवधि एक वर्षको हुनुपर्नेछ । यसका साथै केन्द्रीय कार्यालय बाहेक अन्य प्रस्ताव मान्य नहुने कम्पनीले जनाएको छ । 

Advertisment

थप समाचार