काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ३३.२९ अंकले बढेर २६६४.०६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १८१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा आठ अर्ब ५७ करोड ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा सात अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज घलेम्दी हाइड्रो कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा बेनी हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ३.६५ प्रतिशतले घटेको छ ।