काठमाडौं : साहस ऊर्जा लिमिटेडले टाइम्स इनर्जीलाई प्राप्ति गर्ने भएको छ । कम्पनीको पुस २९ गते बसेकोे सञ्चालक समितिको बैठकले बूढीगण्डकी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी टाइम्स इनर्जीलाई प्राप्ति गर्ने निर्णय गरेको हो ।
एक सय ३१ मेगावाटको (अर्धजलाशययुक्त) बूढीगण्डकी जलविद्युत आयोजनाको आर्थिक तथा प्राविधिक पक्षको प्रस्तुती तथा छलफलबाट आयोजना निर्माण तथा सञ्चालना लागि उपयुक्त देखिएकोले उक्त परियोजनाको प्रवर्द्धक टाइम्स इनर्जीलाई प्राप्ति गर्ने निर्णय गरिएको कम्पनी सचिव दिनेशकुमार रोक्काले जानकारी दिए ।
यसका साथै कम्पनीले टाइम्स इनर्जीलाई प्राप्ति गर्ने क्रममा गर्ने समझदारीपत्रको मस्यौदा तथा सर्तहरु निर्धारण गरी समझदारीपत्रमा हस्ताक्षर गर्नका लागि कम्पनी सञ्चालक समितिका प्रबन्ध सञ्चालक सुशील थापालाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।
Advertisment