Below Menu
Below Menu

घलेम्दी हाइड्रोको ३२ लाख कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा

घलेम्दी हाइड्रोको ३२ लाख कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा

काठमाडौं : घलेम्दी हाइड्रो लिमिटेडले ३३ लाख कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो।

कम्पनीले १ बराबर २ अनुपातमा निष्काशन गरेको थियो । उक्त हकप्रद शेयरमा आवेदन नपरेपछि शेयर लिलाम बिक्री गर्न लागेको हो । कम्पनीका अनुसार उक्त शेयर खरिदका लागि माघ ९ गतेदेखि २३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । त्यसैगरी, लगानीकर्ताले न्यूनतम १०० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधितमक शेयर संख्याका लागि कुनै हद तोकिएको छैन।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दा«, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Advertisment

थप समाचार