Below Menu
Below Menu

दोहोरो अंकले बढ्यो शेयर बजार, ६ अर्ब ११ करोडको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २०.६२ अंकले बढेर २०८०.१२ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २६.३६ अंकले बढेर २०२२.९२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १८६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । आज बजारमा ६ अर्ब ११ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज सोनापुर मिनरल्स एण्ड आयलको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २१ करोड ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । 

बजार बढ्दा आठकम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सर्वाधिक मूल्य बढ्ने कम्पनीमा विकास बैंक र हाइड्रोपावर कम्पनीहरु रहेका छन् भने बीमा कम्पनीको शेयरमूल्य पनि सर्किट लेभलमा पुगेको छ । आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशत भन्दाबढीले घटेको छ । 
 

Advertisment

थप समाचार