काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेकोको बीमा कम्पनीको उक्त शेयर बिक्रीमा ल्याएको हो । कम्पनीको शेयरमा विद्यमान शेयरधनीले खरिद गर्न पाउनेछन् ।
पुनर्बीमा कम्पनीको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले माघ २९ गते कार्यालय समयभित्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको थापाथली काठमाडौंमा रहेको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीको शेयरको मूल्य प्रतिकित्ता ३२५ रूपैयाँ तोकिएको छ ।
कम्पनीको शेयर खरिद गर्न तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ । कम्पनीको शेयर खरिदका लागि न्युनतम २ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ । आवेदन दिँदा अनिवार्य रुपमा स्थायी लेखा नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ ।
Advertisment