काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३६.५७ अंकले बढेर २०५९.४९ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ८.७१ अंकले घटेर २०४९.२८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २१२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि आज कारोबार रकममा भने गिरावट आएको छ । आज बजारमा ४ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा पाँच अर्ब २० करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोनापुर मिनरल्स एण्ड आयलको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २१ करोड ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्ने कम्पनीमा सिंगटी हाइड्रो, माउन्टेन इनर्जी, त्रिशुली जलविद्युत कम्पनी र मुक्तिनाथ कृषि कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशत भन्दाबढीले घटेको छ ।
Advertisment