Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.३६ अंकले घटेर २०२२.९२ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ८.७१ अंकले घटेर २०४९.२८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा पाँच अर्ब २० करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा पाँच अर्ब ५८ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सोनापुर मिनरल्स एण्ड आयलको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्ने कम्पनीमा तेह्रथुम पावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । 
आज मानुषी लघुवित्त, शुभम पावर र नेपाल रिपब्लिक मिडियाको शेयरमूल्य ६ प्रतिशत भन्दाबढीले घटेको छ । 
 

Advertisment

थप समाचार