काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा सव–इन्जिनियर विजया लक्ष्मी पन्त विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले चन्द्रागिरी नगरपालिका वडा नं. १४ को कार्यालय नयाँ नैकापमा कार्यरत असिष्टेन्ट सव–इन्जिनियर पन्त विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको हो ।
नगरपालिका कार्यालयमा कार्यरत असिष्टेन्ट सव–इन्जिनियर पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाण–पत्र दिने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्दै उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा आयोगले पन्तलाई सेवाग्राहीबाट २५ हजार रुपैया) घुस÷रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
आयोगले अनुसन्धान गर्दा उनले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकोे छ । उनी विरुद्ध सोही रकम बराबरको विगो माग र जरिवानाको सजाय हुन मागदावी गर्दै आइतबार बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।
Advertisment