Below Menu
Below Menu

हिमालयन रि इन्स्योरेन्सको आईपीओ भोलिदेखि कारोबारमा आउने, कति पायो ओपन रेञ्ज ? 

हिमालयन रि इन्स्योरेन्सको आईपीओ भोलिदेखि कारोबारमा आउने, कति पायो ओपन रेञ्ज ? 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १० करोड कित्ता शेयर थपिएको छ । आइतबार नेप्सेले हिमालयन रि इन्स्योरेन्स कम्पानीको आईपीओ सूचीकृत गरेको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष कर्मचारीहरु समेत) मा जारी गरेको  १० करोड कित्ता शेयर सूचीकृत गरेको नेप्सेले जनाएको छ । कम्पनीको शेयर कारोबारको लागि नेप्सेले (एचआरएल) सिम्बोल दिएको छ ।

इन्स्योरेन्सको पहिलो शेयर कारोबारको लागि १०३ दशमलव ०७ रुपैयाँदेखि ३०९ दशमलव २१ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । सूचीकृत शेयर सोमबारदेखि कारोबारमा आउनेछ ।

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको थियो । इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा २ करोड ४९ लाख कित्ता शेयर निष्कासन गरेको थियो । 
 

Advertisment

थप समाचार